PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिवको सम्बोधन 



पहिलोपोस्ट

असंलग्न राष्ट्रहरुको मन्त्रिस्तरीय बैठकमा परराष्ट्र सचिवको सम्बोधन 
फोटो : नेपाली नियोग, न्यूयोर्क।

काठमाडौं : राष्ट्र संघको महासभामा सहभागि हुन पुगेका परराष्ट्र सचिव भरतराज पौड्यालले असंलग्न राष्ट्रहरुको अभियान (नन अलाइन्मेट मुभमेन्ट-नाम)को मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गरेका छन्। 

बुधवार भएको सम्मेलनमा सचिव पौड्यालले विकासशील तथा गरिब देशहरूमा जलवायु परिवर्तन तथा कोभिड-१९ले नकरात्मक प्रभाव पारेको बताए। उनले यसलाई सम्बोधन गर्नका लागि नामले भूमिका खेल्नुपर्ने बताएका थिए। 

उनले कोभिड-१९ पछीको आर्थिक विकास, जीोनस्तर उकास्नका लागि नामले सहकार्यलाई तिब्र पार्नुपर्ने बताएको न्यूयोर्कस्थित नेपाली नियोगले जनाएको छ। 

उनले बैठकमा निशर्त रुपमा निशस्त्रिकरण अभियानलाई अगाडि बढाउनुपर्ने बताएका थिए।

यसैबीच राष्ट्र संघको महासभामा नेपाली प्रतिनिधि टोलीको नेतृत्व गरेका सचिव पौड्याल अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको सम्मान भोजमा सहभागि भएका छन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell