PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

दार्चुलाको प्रतिनिधि मण्डलले गृहमन्त्रीलाई भेटेर बाढी पहरोको क्षति बारे जानकारी गराए



पहिलोपोस्ट

दार्चुलाको प्रतिनिधि मण्डलले गृहमन्त्रीलाई भेटेर बाढी पहरोको क्षति बारे जानकारी गराए

काठमाडौः गृहमन्त्री बालकृष्ण खाणसँग सुदूरपश्चिम प्रदेश सभामा दार्चुलाबाट प्रतिनिधित्व गरेकी निवर्तमान सांसद नन्दा बम नेतृत्वको टोलीले भेट गरी केही दिन अघि जिल्लाका विभिन्न स्थानमा गएको बाढी र पहिरोले पु¥याएको क्षतिबारे जानकारी गराएकी छिन्।

गत भदौ २४ गते दार्चुलाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा आएको बाढी र पहिरोले क्षति पु¥याएकोले प्रभावितलाई राहतको व्यवस्था गरिदिन टोलीले माग गरेको थियो। बमको नेतृत्वमा हरकसिंह बिष्ट, मदन गिरी, गणेश भट्टसहितको टोलीले महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिंकर सडकखण्डका लासु खोला र निजङ खोलामा पुल निर्माण गर्न पहल गरिदिन पनि आग्रह गरेको थियो।

गृहमन्त्री खाणले बाढी पहिरो प्रभावितलाई तत्कालको राहतका लागि जिल्लाबाट क्षतिको विवरण मागेर राहत वितरण गर्ने पहल भइरहेको बताए। पुल निर्माणका सम्बन्धमा सम्बन्धित मन्त्रालयलाई आग्रह गर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell