PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

४४ वर्षीय पुरुषको खुकुरी प्रहार गरी हत्या गरिएको अभियोगमा तीन जना समातिए



पहिलोपोस्ट

४४ वर्षीय पुरुषको खुकुरी प्रहार गरी हत्या गरिएको अभियोगमा तीन जना समातिए

काठमाडौंः इलामको चुलाचुली गाउँपालिका-५ पुकुवामा झापा दमक नगरपालिका-३ बेल्डागी क्याम्प बस्ने ४४ वर्षीय एलबी गुरुङको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

इलाम चुलाचुली गाउँपालिका-४ तुम्ररुक टोल बस्ने २४ वर्षीय झ्याम्ले राई समेत ती जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ। झ्याम्ले समेतका ५/७ जनाले खुकुरी प्रहार गर्दा एलबी गुरुङ गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा बी एन्ड सी अस्पतालमा मृत्यु भएको थियो।

घटनामा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी भएको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell