PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

मकवानपुरको भिमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु



पहिलोपोस्ट

मकवानपुरको भिमफेदीमा बस दुर्घटना, ६ जनाको मृत्यु

हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा बसमा सवार ६ जनाको मृत्यु हो।

मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ।

दुर्घटनामा परेर मृत्यु भएकाहरुको हाल पहिचान खुल्न सकेको छैन। दुर्घटनामा परेर दर्जनौ यात्रु घाइते भएका छन्। अहिले घाइतेहरुको उद्धार गरि उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell