PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम फुटबल टोली सार्वजनिक



पहिलोपोस्ट

बंगलादेशसँगको मैत्रीपूर्ण खेलका लागि अन्तिम फुटबल टोली सार्वजनिक

काठमाडौं : बंगलादेशसँगको मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली फुटबल टोलीका कार्यवाहक प्रशिक्षक प्रदीप हुमागाइँले अन्तिम २३ सदस्यीय टोली सार्वजनिक गरेका छन्।

तत्कालीन प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको क्याम्पबाट बाहिरिएका खेलाडीलाई समेत समेट्दै हुमागाइँले टोली सार्वजनिक गरेका हुन्। उनले सार्वजनिक गरेको सूचीमा आशिष चौधरी र ऋतिक खड्काले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका छन्।

गोलकिपरमा भने ४ जनाको नामावली छ। प्रशिक्षक हुमागाइँले डेङ्गु र चोटको अवस्थालाई विचार गर्दै गोलकिपरमा जोखिम नलिएको बताए। यसअघि विश्वकप छनोट अन्तर्गतको खेलमा टिमको कप्तानको जिम्मेवारी सम्हालेका नवयुग श्रेष्ठ टिममा छैनन्।

नेपाल र बंगलादेशबिचको खेल असोज ११ गते दसरथ रंगशालमा मैत्रीपूर्ण खेल हुँदैछ।

२३ सदस्यीय टोली

गोलकिपर : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, रेजिन धिमाल

मिडफिल्डर : सुदीप गुरुङ, तेज तामाङ, सेसेहाङ आङ्देम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज जिउ ठकुरी, एरिक विष्ट

फर्वार्ड : विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी, आशिष चौधरी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell