हेटौंडा : मकवानपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ। बिहीबार दिउँसो काठमाडौंबाट हेटौंडा आउँदै गरेको बस भीमफेदी गाउँपालिकास्थित जुरीखेतमा दुर्घटना हुँदा हालसम्म बसमा सवार ७ जनाको मृत्यु प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरुमा तीनजना महिला, दुईजना पुरुष र दुईजना बालकालिका रहेको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक प्रतिमा श्रेष्ठले जानकारी दिइन्।
मकवानपुरका प्रहरी प्रमुख वामदेव गौतमका अनुसार ना ३ ख ७८५८ नम्बरको बस दुर्घटनामा परेको हो। बसमा अन्दाजी २८ जना सवार रहेको उनको भनाई छ।
दुर्घटनामा परेर दर्जनौं यात्रु घाइते भएका छन्। अहिले घाइतेहरुको उद्धार गरि उपचारका लागि भीमफेदी ,हेटौंडा र काठमाडौं पठाइएको उनले बताए।