PahiloPost

Sep 22, 2026 | ६ असोज २०८३

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार यादवलाई कामकाज नगर्न उच्च अदालतको आदेश



पहिलोपोस्ट

मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्टार यादवलाई कामकाज नगर्न उच्च अदालतको आदेश

जनकपुरधामः उच्च अदालत जनकपुरले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा. विनोदकुमार यादवलाई कामकाज नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ। न्यायाधीश रामेश्वर रेग्मीको एकल इजलासले यस्तो आदेश दिएको हो।

अन्तरिम आदेशबारे दुई पक्षको छलफलबाट टुङ्गो नलागेसम्म यादवलाई रजिस्टारको हैसियतमा कामकाज नगर्न अल्पकालीन आदेश जारी गरेको हो। अदालतले असोज २७ गते दुबै पक्षलाई छलफलका लागि बोलाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell