PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

निर्वाचन आयोगले थाल्यो अस्थायी मतादाता नामावली संकलन, कर्मचारीको सरुवा नगर्न निर्देशन



पहिलोपोस्ट

निर्वाचन आयोगले थाल्यो अस्थायी मतादाता नामावली संकलन, कर्मचारीको सरुवा नगर्न निर्देशन

काठमाडौंः निर्वाचन आयोगले असोज ६ गते (आज) देखि अस्थायी मतदाता नामावली संकलन कार्य थालेको छ। आयोगले अस्थायी मतदाता नामावली सकंलनको थालनी गरेसँगै कर्मचारी सरुवा नगर्न सरकारलाई निर्देशन समेत दिएको छ। तीनै तहका सरकारलाई आयोगले निर्देशन दिएको हो। 

आयोगले असोज ६ गतेपति आयोगको अनुमतिबिना कर्मचारी सरुवा नगर्न नगराउन निर्देशन दिएको छ। यस्तै, असोज ५ गतेसम्म सरुवा भइसकेका कर्मचारीलाई तत्काल रमाना दिइ ९ गतेसम्म सम्बन्धित कार्यालयमा हाजिर हुने व्यवस्थाका लागि निर्देशन दिएको छ। 
निर्देशन संघ, प्रदेश र स्थानीय तहमा लागू हुनेछ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell