PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विविध क्षेत्रका १५ जनाले कांग्रेसको घोषणापत्र लेख्दै, संयोजकमा डा. स्वर्णिम वाग्ले



पहिलोपोस्ट

विविध क्षेत्रका १५ जनाले कांग्रेसको घोषणापत्र लेख्दै, संयोजकमा डा. स्वर्णिम वाग्ले

काठमाडौं : नेपाली कांग्रेसको घोषंणा पत्र विभिन्न क्षेत्रका १५ जनाले लेखिरहेका छन्। मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि विभिन्न क्षेत्रमा ख्याति कमाएकालाई कांग्रेसले घोषणापत्र लेखन समितिमा समावेश गरेको हो।

फरक फरक क्षेत्रको प्रतिनिधित्व हुने गरि कांग्रेसले घोषणापत्र लेखन कार्यलाई अघि बढाएको छ। `घोषणा पत्र तयारी समिति´को असोज ५ मा सम्पन्न पहिलो बैठकले अर्थाशास्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा १५ जनाको घोषणा पत्रको प्रारम्भिक मस्यौदा समिति पनि बनाइसकेको छ।

कसलाई के को जिम्मा?

साहित्यकार श्रवण मुकारुङ घोषणापत्र लेखन समितिमा छन्। २०६२/६३ सालको जनआन्दोलनका बेलामा विशे नगर्चिको बयान कविता मार्फत सडक आन्दोलनमा होमिएका मुकारुङलाई सडकको भावना प्रतिनिधित्व हुनेगरि उक्त टिममा समावेश गरिएको कांग्रेसले जनाएको छ।

खेलकुद क्षेत्रलाई समेटन राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान विनोद दास, चलचित्र क्षेत्रको भावना समेटन निर्देशक मिन भाम पनि घोषणा पत्र लेखन समितिमा समेटिएका छन्। प्राज्ञिक क्षेत्रबाट डा.सञ्जय महतो र दिपेश घिमिरे रहेका छन् भने मधेशी महिलाहरुको शिक्षामा विद्यावारिधी गरेकी डा प्रिति मण्डल पनि उक्त टोलीमा अटाएकी छन्। 

कर्णाली क्षेत्रको प्रतिनिधित्वका लागि सांसद रंगमति शाही छन्। पहिलो पटक मतदान गर्ने मतदाताको तर्फबाट विकल राई घोषणापत्र मस्यौदा समितिमा छन् भने ऐना कार्यक्रमका अनुसन्धान प्रमुख प्रकाश लामिछाने उक्त समूहमा छन्। 

अपांगता क्षेत्रलाई समेटन कांग्रेसले भोजराज श्रेष्ठलाई उक्त समितिमा राख्दा अल्पसंख्यको मुद्दामाथि विद्यावारिधि गरेका डा विश्वविभु घिमिरे छन्। नेपालको स्वास्थ्य क्षेत्रलाई समेटन डा. अञ्जनी झाको प्रतिनिधित्व रहेको छ। इञ्जिनियरिङबाट हरि दर्लामी छन्।

वाग्मती प्रदेशकी पूर्व प्रदेश प्रमुख एवम् सिएनएन हिरो अनुराधा कोइराला पनि घोषणापत्र लेखन समितिमा छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell