PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

बेल्जियमले वेल्सलाई हरायो, पोल्याण्डलाई हराएको नेदरल्याण्ड्स शीर्षस्थानमा



पहिलोपोस्ट

बेल्जियमले वेल्सलाई हरायो, पोल्याण्डलाई हराएको नेदरल्याण्ड्स शीर्षस्थानमा
Photo: UEFA

यूईएफए नेशन्स लिग अन्तर्गत गएराति सम्पन्न समूह 'डी' को खेलमा बेल्जियमले वेल्सलाई हराएको छ। किङ बौडोइन स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली बेल्जियमले वेल्सलाई २-१ गोलअन्तरले हराएको हो।

खेलको १० औं मिनेटमै केभिन डी ब्रुइनाको गोलमा बेल्जियमले अग्रता बनाएको थियो। फेरि ३७ औं मिनेटमा घरेलु टोलीका मिची बात्सुइले ३७ औं मिनेटमा गोल गर्दा पहिलो हाफमै बेल्जियम दुई गोलले अघि रह्यो। अर्कोतर्फ वेल्सका किइफेर मूरेले ५० औं मिनेटमा वेल्सका लागि सान्त्वना गोल फर्काए। र, बेल्जियमले २-१ गोलअन्तरले खेल आफ्नो पक्षमा पार्‍यो।

त्यस्तै गएराति नै सम्पन्न समूह 'डी' कै अर्को खेलमा नेदरल्याण्ड्सले पोल्याण्डमाथि २-० गोलको जित निकाल्यो। डच टोलीलाई जित दिलाउन १३ औं मिनेटमा कोडी गाक्पो र ६० औं मिनेटमा स्टेभेन बेर्जविजनले गोल गरे।

योसँगै पाँच खेल खेल्दा ४ जित र १ बराबरीको नतिजा निकालेको नेदरल्याण्ड्स समूह 'डी' को शीर्षस्थानमा छ भने १० अंक जोडेको बेल्जियम दोस्रो, ४ अंक जोडेको पोल्याण्ड तेस्रो र १ अंक जोडेको वेल्स तालिकाको पुछारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell