PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

व्यापार व्यवसायीको परिचय दिने साइनबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरको निर्देशन



पहिलोपोस्ट

व्यापार व्यवसायीको परिचय दिने साइनबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरको निर्देशन

काठमाडौं : काठमाडौं महानगरपालिकाभित्र व्यापार, व्यवसाय गर्नेहरुले कार्यस्थल बाहिर राखिएको साइनबोर्ड (परिचय पार्टी) को शुल्क बुझाउन महानगरले  निर्देशन दिएको छ। व्यक्ति, व्यवसाय वा संघ संस्थाको परिचय खुल्ने नाम भएको साइबोर्डको शूल्क ३० दिनभित्र तिर्न महानगरले सूचना जारी गरेको हो।

३० दिनभित्र सम्बन्धित वडा कार्यालयमा शूल्क बुझाउन भनिएको छ। सो अवधिभित्र साइनबोर्डको शूल्क नबुझएमा वा तोकिएको साइजभन्दा ठूलो साइनबोर्ड राखेमा महानगरपालिकाले तत्काल हटाउने चेतावनी पनि दिइएको छ। महानगरले ३० वर्ग फुटभन्दा ठूलो साइनबोर्ड राख्न नपाउने बताएको छ।

६ वर्ग फुटसम्म एक वटा साइनबोर्डको बार्षिक ५०० रुपैयाँ बुझाउनुपर्ने महानगरले जारी गरेको सूचनामा उल्लेख छ। त्यस्तै, १५ वर्ग फुटसम्म एकवटाको वर्षिक १ हजार ५०० र १५ वर्ग फुटभन्दा माथि ३० वर्ग फुटसम्मको प्रतिवर्ष फुट एक वटाको वार्षिक एक हजार रुपैयाँ शूल्क लाग्ने महानगरले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell