PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

फ्राइडे रिलिज : 'प्रेम गीत ३' को नेपाली भर्सन प्रदर्शनमा, ठूलो पर्दामा फेरि ‘अवतार’



पहिलोपोस्ट

फ्राइडे रिलिज : 'प्रेम गीत ३' को नेपाली भर्सन प्रदर्शनमा, ठूलो पर्दामा फेरि ‘अवतार’

काठमाडौं : आज शुक्रवार नेपाली सिनेमा हलमा एक नेपाली र एक विदेशी फिल्म प्रदर्शनमा आएका छन्। नेपाली फिल्मतर्फ ‘प्रेमगीत ३’ र विदेशीतर्फ हलिउड फिल्म ‘अवतार’ पनि रिलिज भएका छन्।

फिल्म ‘प्रेमगीत ३’ को नेपाली र हिन्दी भर्सन आजबाट विश्वभरि नै प्रदर्शन भएको छ। नेपालमा भने हिन्दी भर्सन सोमबारबाट मात्रै प्रदर्शन हुनेछ।प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यस फिल्ममा स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको छ। साथै फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको अभिनय रहेको छ। 

त्यसैगरि, विश्वभर कीर्तिमानी कमाई गरिसकेको फिल्म ‘अवतार’ पनि सिनेमाहलमा आजबाट प्रदर्शनमा आएको छ। सन् २००९ को हिट फिल्म ‘अवतार’ पुनः प्रदर्शन भएको हो। यस फिल्ममा साम वर्थिंगटन, जो साल्डाना, स्टीफन लांग, मिशेल रोड्रिग्ज लगायतका कलाकारहरुको अभिनय रहेको छ।

पुस १ गते दोस्रो सिक्वेल रिलिज हुने भएसँगै दर्शकलाई पहिलो भाग देखाउने उद्देश्यले फिल्मलाई पुनः प्रदर्शन गरिएको हो। अहिलेसम्म ओटीटीमा समेत रिलिज नभएको यो फिल्म हलमा १३ वर्षपछि फेरि रिलिज भएको हो। नेपालमा यो फिल्मलाई एप्पल इन्टरटेनमेन्टले भित्र्याएको हो।

त्यसैगरि, सिनेमाहलमा नेपाली फिल्म ‘झिँगेदाउ’, ‘ऐना झ्यालको पुतली’ र बलिउड फिल्म ‘ब्रहमास्त्र’ पनि प्रदर्शनरत नै छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell