PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

‘२ नम्बरी’ को प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन छोदेन



पहिलोपोस्ट

‘२ नम्बरी’ को प्रचारका लागि नेपाल आइन् भुटानी अभिनेत्री उगेन छोदेन

काठमाडौं : फिल्म ‘२ नम्बरी’ असोज २१ गतेबाट रिलिज हुँदैछ। दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा रिलिज हुँदैछ।

यसैबिच, फिल्मको प्रमोशनका लागि भुटानी अभिनेत्री उगेन छोदेन नेपाल आएकी छिन्। फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन हिजो बिहान नेपाल आइपुगेकी हुन्।

यस फिल्ममा उगेनको जोडीको रुपमा अभिनेता दयाहाङ राइले काम गरेका छन्। यस्तै, अभिनेत्री उपासना सिंहको जोडीको रुपमाअभिनेता सौगात मल्ललाई देख्न सकिन्छ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको यस फिल्मले दुई साथीको मित्रताको कथा भन्नेछ। सरोज नेपाली कार्यकारी निर्माता रहेको फिल्ममा दीपक मनाङ्गे, अमला देवी राई र जयश श्रेष्ठ निर्माताको रुपमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell