PahiloPost

Sep 16, 2024 | ३१ भदौ २०८१

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको रिटको आज सुनवाइ हुँदै : पेशी न्यायाधीश मनोज कुमार शर्माको इजलासमा



पहिलोपोस्ट

नागरिकता विधेयक प्रमाणीकरण गर्न परमादेश माग गरिएको रिटको आज सुनवाइ हुँदै : पेशी न्यायाधीश मनोज कुमार शर्माको इजलासमा

काठमाडौं : राष्ट्रपतिले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक २०७९ लाई प्रमाणीकरण नगरेपछि सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाई हुने भएको छ। न्यायाधीश मनोज कुमार शर्माको इजलासमा बेञ्च तोकिएको छ।

अधिवक्ताहरु सागर बराल, सुनिल कुमार यादव, डा.सुनिल रंजन सिंह, देव शर्मा  र शोनु रौनियारले अदालतमा रिट दायर गरेका थिए।

प्रतिनिधिसभा र राष्ट्रियसभाले दुई पटक पारित गरेको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक निर्धारित समयमा प्रमाणीकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरेकी थिइन्।

सभामुख अग्निप्रसाद सापकोटाले पछिल्लो पटक उक्त विधेयक गत भदौ २० गते प्रमाणित गरी राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाएका थिए। नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रमाणीकरण गरिसक्नुपर्ने १५ दिनको समयावधि मंगलवार राति १२ बजे समाप्त भएको छ।

नेपालको संविधानको धारा ११३ को उपधारा (४) मा एउटै विधेयक दोस्रो पटक प्रमाणीकरणका लागि पुगेपछि राष्ट्रपतिले अनिवार्य प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell