PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

भक्तपुरमा गाडीले किचेर १७ महिने बालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा



पहिलोपोस्ट

भक्तपुरमा गाडीले किचेर १७ महिने बालकको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

काठमाडौं : भक्तपुरमा गाडीले किचेर १७ महिनाको बालकको मृत्यु भएको छ।

आज बिहान करिब साढे ९ बजे मध्यपुर ठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली त्रिपुरा सुन्दरी ग्रिल उद्योग अगाडि जिल्ला सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ५ घर भएका केशवलाल श्रेष्ठको छोरा १७ महिनाको सलिन श्रेष्ठको गाडीले किचेर मृत्यु भएको हो।

खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरी रहेको अवस्थामा गाडी अगाडी बढाउँदा गाडीले किच्दा गम्भीर घाइते भएका बालकको उपचारको क्रममा समिट अस्पताल लोकन्थलीमा मृत्यु भएको हो।

प्रहरीले सवारी साधन र चालक सिन्धुपाल्चोक मेलम्ची गाउँपालिका वडा नम्बर ३ घर भएका २३ वर्षीय आकाश भुजेललाई नियन्त्रणमा लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell