PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

सुनको मूल्यमा एक हजार बढेर पुग्यो प्रतितोला ९२ हजार ८ सय



पहिलोपोस्ट

सुनको मूल्यमा एक हजार बढेर पुग्यो प्रतितोला ९२ हजार ८ सय

काठमाडौं : साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ।

बिहीवार ५ सय बढ्दा प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रवार चाँदी प्रतितोला १२ सय रुपैयाँ भएको छ। निकै पछि चाँदी पुनः तोलाको १२ सय भएको हो। बिहीवार १५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ८५ रुपैयाँ थियो।

अन्तर्राष्ट्रिय बजारमा शुक्रवार सुनको कारोबार मूल्य बढेको छ। बिहीवार प्रतिऔंस १६६२.७५ डलर रहेको सुन १६६८.६८ डलरमा कारोबार भइरहेको छ। चाँदी पनि प्रतिऔंस १९.४४ डलरबाट बलियो हुँदै शुक्रवार प्रतिऔंस १९.५६ डलर पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell