PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

यी कारणहरू जसलाई टेक्दै अदालतले पल शाहलाई जबरजस्ती करणीमा सफाइ दियो



सविन ढकाल

यी कारणहरू जसलाई टेक्दै अदालतले पल शाहलाई जबरजस्ती करणीमा सफाइ दियो

काठमाडौं : भदौ २१ गते जिल्ला अदालत नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुर्व्यवहारमा साढे दुई वर्ष कैद सजाए सुनायो। जबरजस्ती करणीमा भने पललाई सफाइ दिँदै अदालतले सजाय सुनाएको थियो।

त्यस्तै, अदालतले शाहलाई २५ हजार जरिवानाको सजाय सुनाएको छ। पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने अदालतको फैसलामा उल्लेख छ। अदालतका न्यायाधीश हरिश्चन्द्र ढुङ्गानाको इजलासले शाहलाई थुनामा पठाउन आदेश गरेको थियो।

२०७८ वैशाख १४ गते तनहुँको दुलेगैँडास्थित एक घरमा बास बसेको समयमा १८ वर्षभन्दा कम उमेरकी किशोरीलाई प्रेम जालमा पारेर करणी गरेको आरोप लागेको थियो। शाहले १५ वर्ष ९ महिना ११ दिनकी किशोरीलाई प्रेम जालमा पारेर जबरजस्ती करणी गरेको आरोप लागेको थियो। तर, अदालतले शाहलाई जबरजस्ती करणीमा सफाइ दिएकोमा आलोचना समेत भएको छ। अधिवक्ता मोहना अन्सारी अदालतले अभियोग पत्रमा दाबी नै नगरेको विषयमा सजाय र करणीमा सफाइ दिएको बताउँछिन्।

नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षको लागि थुनामा नै पठाउन आदेश दिएको थियो। त्यसपछि उनी उच्च अदालत कास्की पुगेका थिए। उच्च अदालतले पनि जिल्ला अदालतको निर्णय सदर गरेको थियो। उनीविरुद्ध परेको अर्को मुद्दा तनहुँ जिल्ला अदालतमा विचाराधीन रहेको छ।

पलको मुद्दाको पूर्णपाठ सार्वजनिक भएको छ जसमा शाहलाई जबरजस्ती करणीमा सफाइ दिनुपर्ने कारणहरू समेत खुलाइएको छ। अदालतमा वादीले करणी भएको स्वतन्त्र र वस्तुनिष्ठ प्रमाणहरू जुटाउन नकसेको तर्क फैसलामा गरिएकको छ।

तर, जिल्ला अदालत तनहुँले शाहलाई पुर्पक्षमा पठाउँदा भने अदालतले अधिकारप्राप्त अधिकारीसमक्ष भएको बयानमा राति १२ बजे पीडितकोमा गएको स्वीकार गरेको र त्यसको औचित्य पुष्टि गर्न नसकेको भन्दै थुनामा पठाउने पहिलो आधार बनाएको थियो। यस्तै पीडितले दिएको बयान र मौकामा व्यक्त गरेका घटना विवरण र अन्य व्यक्तिहरूको बयानले समर्थन गरेको आदेशमा उल्लेख छ। पीडितको र बयानमा सामेल अन्य व्यक्तिहरूको भनाइलाई समर्थित गरेको भन्दै अदालतले दोस्रो आधार लिएको छ।

शाह आफैले सार्वजनिक गरेको अडियोलाई अदालतले तेस्रो प्रमाणका रुपमा लिएको छ। छलफलका क्रममा रेकर्ड गरिएको अडियो शाह स्वयमले सार्वजनिक गरेका थिए। प्रहरीले समेत उक्त अडियोलाई बलियो प्रमाणका रुपमा पेस गरेको थियो। अहिले भने प्रमाण नपुगेको भन्दै जवरजस्तीकरणीमा भने अदालतले सफाइ दिएको हो।

पूर्ण पाठको ठहर खण्डमा अर्को कारण देखाउँदै पनि सफाइ दिने भनिएको छ।

जहाँ भनिएको छ,'मिसिल संलग्न प्रतिवादीको मौका र अदालतको बयान, पीडित स्वयंले जाहेरी ब्यहोरा खण्डित हुने गरी अदालतमा उपस्थित भई गरेको बकपत्र, जाहेरवालाको आफ्नै जाहेरी ब्यहोरा खण्डित हुने गरी अदालतसमक्ष उपस्थित भई गरेको बकपत्र, घटना विवरण कागज गर्ने व्यक्तिहरू र मौकामा कागज गर्ने अन्य व्यक्तिहरूले मौकामा गरेको कागज र अदालतसमक्ष समेत उपस्थित भई गरेको बकपत्र समेतबाट पल शाह भन्ने पूर्ण विक्रम शाहले जबरजस्ती करणी गरेको भनी भन्न नसकेको अवस्थामा मिसिल भन्दा बाहिर गई अनुमानको आधारमा करणी लिनु दिनु भएको भनी तथ्य र मिसिलमा आधारित नभई प्रतिवादी उपर कसुर ठहर गर्न मिल्ने देखिएन।'

अदालतमा पेस भएको मिसिल र प्रमाणले पुष्टि नगरेकाले करणी ठहर नभएको उल्लेख गरिएको छ। त्यस्तै ठहर खण्डको अर्को फैसलामा स्वास्थ्य परीक्षण र पीडितको बयानलाई पनि आधार बनाएर करणी नहुने भन्दै फैसला गरिएको छ।

सम्पर्क वा करणीको कारणबाट नै कन्या जाली च्यातिएको हो भनी अनुमान गर्न समेत स्वयम् पीडितकै आफूले सानैबाट साइकल चलाउने र अरूलाई सिकाउने गरेको हुँ भनी अदालतसमक्ष आएर गरेको बकपत्रबाट खण्डित हुन आएको हुँदा जबरजस्ती करणीको कसुर प्रतिवादीबाट भएको हो भन्ने अभियोगमा गरिएको दावी बाहेक अन्य बस्तुनिष्ठ प्रमाण कागजातबाट देखिन नआएकोले प्रतिवादीबाट अभियोगमा दावी गरेजस्तो पीडित परिवर्तित नाम २०७८ गैँडाकोट ५(क) उपर मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (१) र (२) बमोजिमको कसुर अपराध गरेको नदेखिँदा प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहले आरोपित कसुरबाट सफाइ पाउने ठहर्छ। हो भन्न नसकिने उल्लेख गरिएको छ।

पल शाहले बयानमा आफूलाई फसाउन पीडितले जाहेरी दिएको भन्ने विषयमा पनि अदालतले फैसलामा उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell