PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

अर्थ मन्त्रालयले बजेटभन्दा बाहिरबाट रकामान्तर गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन



पहिलोपोस्ट

अर्थ मन्त्रालयले बजेटभन्दा बाहिरबाट रकामान्तर गरेको भन्दै निर्वाचन आयोगको आपत्ति, २४ घण्टाभित्र स्पष्टिकरण दिन निर्देशन

काठमाडौं : निर्वाचन आयोगले अर्थ मन्त्रालयलाई वार्षिक बजेट भन्दा बाहिरको रकमान्तरले निर्वाचनमा प्रतिकुल असर पर्ने बताएको छ।

आयोगले विज्ञप्ति जारी गरेर कुन कुन मन्त्रालयमा रकामान्तर गरिएको हो भन्नेबारे २४ घण्टाभित्र स्पष्टिकरण दिन अर्थमन्त्रालयलाई निर्देशन दिएको छ।

‘वार्षिक बजेटभन्दा पृथक हुने गरि अर्थ मन्त्रालयबाट कुन कुन मन्त्रालय र निकायहरुमा के कति रकम कुन कुन योजना तथा कार्यक्रमहरुमा रकमान्तर निकासा र स्रोत सुनिश्चितता गरिएको छ, छैन भन्ने विषयमा नेपाल सरकारका अर्थ सचिवबाट २४ घण्टाभित्र निर्वाचन आयोगलाई प्राप्त हुने गरी विवरण पेश गर्न निर्देशन दिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

वार्षिक बजेट भन्दा अरु कार्यक्रम मार्फत बजेट निकास हुदा निर्वाचनको स्वतन्त्रतामा असर पर्ने निर्वाचन आयोगको ठहर छ। 

मंसिर ४ गतेका लागि प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन तोकिएकाले बजेट भन्दा अरु क्षेत्रबाट रकमान्तर गर्न नमिल्ने निर्वाचन आयोगको भनाइ छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell