PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोगको निःशुल्क परीक्षण हुने



पहिलोपोस्ट

काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोगको निःशुल्क परीक्षण हुने

काठमाडौं : काठमाडौं महानगरपालिकाका आठवटा वडामा क्षयरोग जाँच निःशुल्क गरिएको छ। जापान क्षयरोग निवारण संस्थाले जापान नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्था र स्थानीय वडा कार्यालयको सहकार्यमा दुईदिने निःशुल्क क्षयरोग स्वास्थ्य शिविर गरेको हो।

सो संस्थाले काठमाडौं महानगरपालिकाको वडा नं ६, ७, १०, १५, १६, १८, २६ र ३२ वडामा क्षयरोग जाँच निःशुल्क गरेको हो। जापान क्षयरोग निवारण संस्थाका कार्यक्रम समन्वयकर्ता डिएन शर्माले काठमाडौँ महानगरपालिकाको धेरै जनसंख्या भएको वडालाई लक्षित गरी उक्त कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए।

समाजमा लुकेर रहेका क्षयरोग विरामीलाई स्वास्थ्य उपचार गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले आगामी दिनमा काठमाडौँ महानगरपालिका भित्रका सबै वडामा क्षयरोग जाँच निःशुल्क गर्ने जनाएको छ। कार्यक्रम समन्वयकर्ता शर्माका अनुसार क्षयरोग लागेका व्यक्तिलाई रोग पत्ता लगाएर उपचार गरी क्षयरोग मुक्त समाज निर्माण गर्नु संस्थाको मुख्य उद्देश्य हो।

यस्तै, जापान-नेपाल स्वास्थ्य तथा क्षयरोग अनुसन्धान संस्थाले नेपालभरका ११ वटा जिल्लामा क्षयरोगको क्षेत्रमा काम गर्दै आएको छ। सो संस्थाले बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, धादिङ, चितवन र मकवानपुरका साथै गण्डकी प्रदेशको कास्की, तनहुँ, स्याङ्जा र नवलपुरमा काम गर्दै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell