
काठमाडौः सरकारले चाडपर्वको बेलामा दुर्घटना रोकथाम तथा यातायातको सहज व्यवस्थापनका लागि आवश्यक निर्देशन समेत दिनेगरी गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले चाडपर्व नजिकिएका बेलामा भइरहेका सडक दुर्घटना तत्काल न्यूनिकरणका लागि आवश्यक निर्देशन समेत दिन सक्नेगरी समिति बनाउनु पर्ने प्रस्ताव गरेका थिए। प्रधानमन्त्री देउवाले चाडपर्वमा नागरिक सहज तरिकाले आफ्नो घरसम्म पुग्नसक्नेगरी यातायातको व्यवस्थापन हुनु्पर्ने बताउनु भएको थियो।
त्यसपछि मन्त्रिपरिषद् बैठकमा गृह प्रवक्ता पोखरेलको संयोजकत्वमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मिरा चौधरी, यातायात व्यवस्था विभागका महानिर्देशक डा. टोकराज पाण्डे, सडक विभागका महानिर्देशक अर्जुनजंग थापा, नेपाल प्रहरी ट्राफिक निर्देशनालयका प्रहरी नायब महानिरीक्षक बसन्त कुँवर र यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वार सदस्य रहेको समिति बनाएको हो।
समितिले सडक दुर्घटना न्यूनिकरणका लागि के गर्नुपर्छ ? सार्वजनिक यातायातको व्यवस्थापन कसरी गर्ने? आम नागरिकलाई सहरबाट गाउँ गाउँसम्म कसरी सुरक्षित रूपमा पु¥याउने भन्नेबारेमा अध्ययय गरी सम्बन्धित निकायलाई कार्यान्वयका लागि निर्देशन दिनेछ।