PahiloPost

Aug 19, 2025 | ३ भदौ २०८२

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी



रासस

सानीभेरी नदीमा बेपत्ता पुरुषको खोजी जारी
फाइल फोटो।

रुकुम (पूर्व) : सानीभेरी नदीमा बगेर एक पुरुष बेपत्ता भएका छन्। जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका-८ चारगाउँका ६५ वर्षीय मनबहादुर मल्ल बेपत्ता भएका हुन्।

बिहीवार बिहान माछा मार्न जान्छु भनी घरबाट निस्केका मल्ल साँझसम्म पनि घर नफर्केपछि आज बिहानबाट खोजी सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)का सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीले जानकारी दिए।

मल्लको खोजी गर्दै जाँदा उनले लगाएको चप्पल र झोला सिस्ने गाउँपालिका-२ स्थित तिप्ताराको नदी किनारमा फेला परेको स्थानीय अन्जान ठकुरीले जानकारी दिएका छन्। अप्ठ्यारो भूगोल, नदीमा पानीको बहाव बढेको र त्यसमा पनि धमिलो पानीका कारण खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell