PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

‘कस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’? सुझाव पठाउन समितिले गर्‍यो अपिल



पहिलोपोस्ट

‘कस्तो बन्नुपर्छ कांग्रेसको घोषणापत्र’? सुझाव पठाउन समितिले गर्‍यो अपिल

काठमाडौंः नेपाली कांग्रेसको घोषणापत्र तयारी समितिले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्रबारे सार्वजनिक रुपमा सुझाव आह्वान गरेको छ। समितिले विभिन्न प्रविधिका माध्यमबाट सुझाव पठाउने व्यवस्था गरेको छ। समितिले प्रत्यक्ष संवादका रुपमा सुझाव संकलन सुरु गरेको घोषणापत्र तयारी समितिका सचिव डा. प्रदीप पराजुलीले विज्ञप्ति जारी गर्दै उल्लेख गरेका छन्। 

समितिले ह्वाट्सएप, भाइबर तथा इमोमार्फत सुझाव दिन सक्ने व्यवस्था गरेको छ। यस्तै, मोबाइल नम्बरमा फोन गरेर आवाजमा सुझाव रेकर्ड गराउन सकिने व्यवस्था पनि गरेको छ। क्यूआर कोड स्क्यान गरेर प्राप्त हुने फारामबाट पनि सुझाव दिन सकिने छ। 

यस्तै, इमेल, ट्वीटर र फेसबुकमार्फत पनि सुझाव दिन सकिने विज्ञप्तिमा जनाइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell