PahiloPost

Jul 23, 2026 | ७ साउन २०८३

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौंडामा तीन किशोरको मृत्यु



निशा गुरुङ

पौडी खेल्ने क्रममा खोलाले बगाउँदा हेटौंडामा तीन किशोरको मृत्यु

हेटौंडाः हेटौंडाको न्युरेनीस्थित कर्रा खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर तीन किशोरको मृत्यु भएको छ। शुक्रबार साँझ ५ बजेको समयमा पौडी खेल्ने क्रममा बेपत्ता भएका उनीहरु मृत भेटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रामचन्द्र घिमिरले जानकारी दिए।

बेपत्ता भएका हेटौंडा १५ फारलाइनका १७ वर्षीय साहिल लामा, सोही ठाउँका १२ वर्षीय कर्साङ जिम्बा र १३ वर्षीय सञ्जीव मोक्तान मृत भेटिएका हुन्।

पौडी खेल्ने चार जनालाई बगाएकोमा एक जना भने सकुशल रहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell