PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुलाउने प्रयास हुँदै



पहिलोपोस्ट

पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड खुलाउने प्रयास हुँदै

काठमाडौं : पहिरोका कारण नारायणगढ-मुग्लिन सडक अवरुद्ध भएको छ। गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

अहिले दुवैतर्फ सडक अवरुद्ध भएपछि बाटो जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेकोे छ। गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका छन्।

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell