PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

१८ किलोमा पहिरो हटाइएपछि संचालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड



पहिलोपोस्ट

१८ किलोमा पहिरो हटाइएपछि संचालनमा आयो नारायणगढ-मुग्लिन सडकखण्ड

काठमाडौं : पहिरोका कारण अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडक संचालनमा आएको छ। गएराति १२ बजे भरतपुर महानगरपालिका-२९ केराबारी र १८ किलोमा लेदोसहितको पहिरो खसेको थियो। जसकारण गन्तव्यमा हिँडेका सयौँ सवारी साधन र यात्रु बाटैमा रोकिएका थिए।

अहिले दुवैतर्फ सडक संचालन भइसकेको चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम सम्पन्न भएको हो।

अहिले रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेका छन्। रातभर सडक अवरुद्ध हुँदा सडकमा सवारी साधनको चाप बढी भएकाले लेन अनुशासन पालना गरेर यात्रा गर्न प्रहरीले सबैमा अनुरोध गरेको छ। चाडपर्व नजिकिएका कारण पनि नारायणगढ–मुग्लिन सडकमा सवारी साधनको चाप बढी छ।

यो वर्ष मात्रै सो सडकखण्डमा दर्जनौँ पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell