PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ आजदेखि फुलपातीसम्म खुलामञ्चमा



पहिलोपोस्ट

न्यूरोड प्रवेश गर्ने चारपाङ्ग्रे सवारीसाधनको पार्किङ आजदेखि फुलपातीसम्म खुलामञ्चमा
FILE PHOTO

काठमाडौं : न्यूरोड क्षेत्रमा हुने सवारी चापलाई मध्यनजर गर्दै खुलामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। दशैंको लागि हुने किनमेलका कारण न्यूरोड क्षेत्रमा सवारी चाप बढ्दो छ। त्यसैलाई व्यवस्थापन गर्न खुलामञ्चमा असोज ८ गते (आज)बाट पार्किङको व्यवस्था मिलाइएको हो।

न्यूरोड गेटबाट भित्र प्रवेश गर्ने यात्रुवाहक, मालवाहक तथा निजी चारपाङ्ग्रे सवारी सवारी साधनलाई आजदेखि फुलपातीको दिनसम्म खुल्लामञ्चमा पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell