PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

रेल चढ्न जनकपुर पुगेका ओलीलाई देखाइयो कालो झण्डा



पहिलोपोस्ट

रेल चढ्न जनकपुर पुगेका ओलीलाई देखाइयो कालो झण्डा

जनकपुरधाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा देखाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको र एमालेले त्यसलाई समर्थन गरेको भन्दै ओलीलाई कालो झण्डा देखाइएको हो।

जनता समाजवादी पार्टी नेपालका कार्यकर्ताहरुले ओलीलाई कालो झण्डा देखाएका हुन्। नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौंले नागरिक गैर नागरिक बन्नु पर्ने भन्दै जसपाका कार्यकर्ताहरुले भानु चोकमा नाराबाजी गरेका हुन्।

ओली आज रेलयात्राका लागि जनकपुर पुगेका हुन्। जनकपुरदेखि महिनापुरसम्म रेल चढेर उनी पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने कार्यतालिका छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell