PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

डेढ महिनामा लागुऔषध कारोबारमा १४३ जना समातिए, जसमा ५ जना विदेशी



पहिलोपोस्ट

डेढ महिनामा लागुऔषध कारोबारमा १४३ जना समातिए, जसमा ५ जना विदेशी

काठमाडौं : नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले डेढ महिना मात्र १ सय ४३ जना मानिसलाई नियन्त्रणमा लिएको छ।

आर्थिक वर्ष २०७९/८०को असार १ गतेदेखि भदौ २० गतेसम्म १ सय ४३ जनालाई नियन्त्रणमा लिएको हो। जसमा एक महिला सहित ५ जना विदेशी नागरिक समेत रहेका छन्।

सबैभन्दा धेरै काठमाडौंबाट समातिएका छन्। ३५ जना काठमाडौंबाट समातेको ब्युरोले जानकारी दिएको छ। विराटनगरबाट २१ जना समातिएका छन्।

प्रहरीले उनीहरूको साथबाट गाँजा, चरेस, हेरोइन, कोकिन र अफिम बरामद गरेको छ। यो अवधिमा ५२ किलो गाँजा बरामद गरेको छ भने  ६ सय ६८ ग्राम हेरोइन समेत बरामद गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell