PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

बाबुरामसँगका पुराना दिन सम्झिँदै प्रचण्ड : धेरै बानी व्यवहार त मिल्दैन तर अब एक भएर नयाँ मोडल दिनुपर्ने छ



पहिलोपोस्ट

बाबुरामसँगका पुराना दिन सम्झिँदै प्रचण्ड : धेरै बानी व्यवहार त मिल्दैन तर अब एक भएर नयाँ मोडल दिनुपर्ने छ
फाइल फोटो : प्रचण्डको सचिवालय

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू जिउँदै भएकाले जनयुद्धलाई अरुले आत्मसाथ नगरेको बताएका छन्।

आउँदै गरेका चाडपर्वको शुभकामना आदनप्रदान कार्यक्रममा प्रचण्डले समाजवादी जनयुद्ध मुलुकका लागि किन आवश्यक थियो भन्ने बताए। नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराई सहभागी उक्त कार्यक्रममा प्रचण्डले आउने पुस्ताले आफूले गरेको युद्धको अध्ययन गर्नुपर्ने बताए। 

'अहिले त हामी जिउँदै छौं मानिसहरुले राम्ररी आत्मसाथ नगर्न पनि सक्छन्। तर, आउने पुस्ताले अध्ययन गर्नुपर्ने छ। समाजवादी जनयुद्धको आवश्यकता छ भन्ने निष्कर्षमा पुगेका छौं,' प्रचण्डको भनाइ छ। नयाँ गोरेटो कोर्नका लागि बाबुराम र आफू एक हुन लागेको प्रचण्डको भनाइ थियो। समृद्धिको नयाँ मोडल दिन पनि सहकार्य भएको उनले बताए। 

'चुनाव त आइ नै हाल्यो एउटै पार्टीको चुनाव चिन्ह लिएर जाने भन्ने चुनावका लागि मात्रै गरिएको होइन। यो देशलाई समृद्धिको विकासको नयाँ मोडल दिनुपर्ने छ,' प्रचण्डले भने। 

युद्धका बेलामा भट्टराई र आफूले एक अर्काको पुरकका रुपमा काम गरेको प्रचण्डले बताए। बाबुराम र आफू एक ठाउँमा हुनुको अर्थ नै बेग्लै हुने उनको टिप्पणी थियो। भाषणका क्रममा प्रचण्डले बाबुरामसँग बेला बेलामा हुने तिक्तताको प्रसँग पनि जोडेका थिए। भट्टराईसँग आफ्नो बानी व्यवहार नमिल्ने प्रचण्डको स्वीकारोक्ति थियो। 

'हामीले हिजो पनि एक अर्काका पुरकाका रुपमा काम गरेका हौं। बानी व्यवहारको हिसाबले बाबुरामको र मेरो धेरै मिल्दैन। १९ औं शताब्दीको जस्तो हुनेवाला पनि छैन्। २० औं शताब्दिको जस्तो पनि हुनेवाला छैन। हामीले नयाँ पत्ता लगाउनुपर्ने छ,' उनले भने। उमेरका कारण अब एक दशक मात्रै सक्रिय हुन मिल्ने प्रचण्डको भनाइ थियो। नयाँ प्रयोग गर्ने भनेर अलग अलग हुँदा परिणाम ठीक नभएको प्रचण्डले टिप्पणी गरे। 

'बढीमा हामीले हिसाब गरेका छौं अब एक दशक हाम्रो जीवनको धेरै समय छैन। एक दशक नयाँ प्रयोग गर्ने भनेर हामी आ-आफ्नो हिसाबमा गयौं नतिजा त्यति धेरै राम्रो भएन,' उनले भने। नेता कार्यकर्तालाई सानो चित्त गरेर नबस्न उनको निर्देशन थियो। 'यस बिचमा हाम्रा सानासाना चित्त पनि देखिएको छ। अब ठूलो चित्त देखाउनुपर्ने भएको छ,' उनले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell