PahiloPost

May 14, 2024 | १ जेठ २०८१

चीन, अमेरिका र भारतबिचको तानातानले नेपाल भूराजनीतिक संकटमा : बाबुराम भट्टराई



पहिलोपोस्ट

चीन, अमेरिका र भारतबिचको तानातानले नेपाल भूराजनीतिक संकटमा : बाबुराम भट्टराई

काठमाडौं : नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपालमा भूराजनीतिक संकट निम्तिएको बताएका छन्। आज काठमाडौंमा आयोजित कार्यक्रममा उनले नेपालको भूराजनीतिक संकटमा अमेरिका, चीन र भारतबिच तानातान भइरहेको बताएका हुन्।

'यसले देशमा फेरि नयाँ ढंगले अराजकता ल्याउने र संघीयतालाई झनै कमजोर पार्ने, अर्थतन्त्रलाई झनै कमजोर बनाउने काम गर्दैछन्, ठूलो संकट आउँदैछ। त्यो संकटलाई थामेर देशलाई नयाँ दिशा दिलाउनको निम्ति हामीले अहिलेदेखि नै तयारी गर्न आवश्यक छ। त्यसैले यो निर्वाचनलाई सामान्य नठानीकन अग्रगामी, प्रगतिशील, समाजवादी शक्तिहरुलाई बलियो बनाउने गरेर हामी अघि बढौं । केही समय यता नेपालमा राजनीतिको गम्भीर ढंगले स्खलन भएकै हो,' उनले भने।

उनले आसन्न निर्वाचनपछि राजनीतिक ध्रुवीकरण बढ्ने र अग्रगमनतर्फको दिशा अघि बढ्ने समेत बताए। यस्तै, भट्टराईले केपी शर्मा ओलीको सरकारले संघीयताको सबलीकरण गर्नुको सट्टा कमजोर बनाउने प्रयास गरेको आरोप पनि लगाएका छन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर पूर्ण असंवैधानिक कदम चालेको पनि बताए।

'राष्ट्रपतिबाट चालिएको पूर्ण असंवैधानिक कदमदेखि लिएर हाम्रो न्यायालय भित्रका विकृति, विसंगतिको जुन खालको उद्घाटन भएको छ, र प्रायः सबै अंगहरु, राज्यका सबै अंगहरु बेथितिपूर्ण ढंगले अत्यन्त अराजक ढंगले जसरी चलिरहेका छन्, त्यसले हामीले यत्रो सिंगो पुस्ताले लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र गम्भीर प्रकृतिको खतरामा छ। त्यसैबिरुद्ध लड्न नै हामीले यो गठबन्धन बनाएर यहाँसम्म आइपुगेका छौं,' उनले भन।

भट्टराईले आग्रह, पूर्वाग्रह र स्वार्थलाई छाडेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बचाउन आवश्यक रहेको पनि बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell