PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छः कमल थापा



पहिलोपोस्ट

विदेशी दबाब र प्रभाव बढ्यो, राष्ट्रवादी शक्ति एकजुट हुनुपर्छः कमल थापा

हेटौंडाः राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा विदेशी दबाब र प्रभाव बढ्दै गइरहेको भन्दै राष्ट्रवादी शक्ति एकजुट हुनुपर्ने बताएका छन् ।

हेटौंडामा शनिबार आयोजित कार्यक्रममा थापाले मुलुकको स्वाधीनता र स्वाभिमानको रक्षा, राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढीकरण र आर्थिक समृद्धिका लागि राष्ट्रवादी शक्ति एक ठाँउमा आउनुपर्ने आवश्यकता औँल्याए।

थापाले मुलुकमा बेथिति र कुशासन ल्याउने शक्ति जनताले चिन्नुपर्ने भन्दै भ्रष्टाचारको जालो तोड्न राप्रपा नेपाललाई चुनावमा रोज्न समेत आग्रह गरे। मकवानपुरको अपुरो विकासको काम सम्पन्न गर्न चुनाबी मैदानमा आउन चाहेको समेत उनले बताए।

राप्रपा नेपाललाई घेराबन्दी र षड्यन्त्रमा पारेर असफल बनाउन खोज्ने शक्ति नै असफल हुने समेत उनले टिप्पणी गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell