A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6975d51c17f148.44166899): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6975d51c17f148.44166899,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

चेन्नईमा नेपाली भाषाको फिल्म हाउसफुल, प्रेम गीत ३ को पहिलो दिनको कमाई ७ करोड ७४ लाख
PahiloPost

Jan 25, 2026 | १२ माघ २०८२

चेन्नईमा नेपाली भाषाको फिल्म हाउसफुल, प्रेम गीत ३ को पहिलो दिनको कमाई ७ करोड ७४ लाख



पहिलोपोस्ट

चेन्नईमा नेपाली भाषाको फिल्म हाउसफुल, प्रेम गीत ३ को पहिलो दिनको कमाई ७ करोड ७४ लाख

काठमाडौं पहिलो पटक एकै पटक १२ सय स्क्रिनसहित विश्वव्यापी प्रदर्शनमा आएको नेपाली फिल्म प्रेम गीत ३ ले भारतमा मात्र १ करोड १२ लाख रुपैयाँ कमाएको छ। बलिउड हंगामाका अनुसार इन्डो-नेपाली फिल्मले सबैतिर गरी एक दिनमा भारु ४ करोड ८४ लाख अर्थात् नेपाली सात करोड ७४ लाख रुपैयाँ कलेक्सन गरेको छ।

फिल्मको कमाइलाई लिएर भारतीयहरु नै अचम्मित भएका छन्। भारतको चेन्नईजस्तो शहरमा समेत नेपाली भाषाको फिल्ममा हाउसफुल हुनुले उनीहरुलाई अचम्मित बनाएको हो। भारतका ५ सय हलमा यो फिल्म रिलिज भएको छ। नेपालमा २ सय पर्दामा र अन्य मुलुकमा ५ सय पर्दामा फिल्म रिलिज भएको छ।

पहिलो दिन भारतमा १ करोड १२ लाख ग्रस कलेक्सन भएको बलिउड हंगामाले जनाएको छ। नेपालमा २ करोड ५ लाख कलेक्सन गरेको फिल्मले बाँकी मुलुकबाट १ करोड ६७ लाख रुपैयाँ संकलन गरेको छ। बलिउड हंगामा भारतीय रुपैयाँका आधारमा ग्रस कलेक्सन रिपोर्ट जारी गरेको हो। फिल्म ६ करोड रुपैयाँमा तयार भएको र ५ करोड प्रवर्द्धनमा खर्च भएको जनाउँदै बलिउड हंगामाले ११ करोड लागतमा फिल्म थिएटरमा पुगेको जनाएको छ। त्यस आधारमा पहिलो दिनको ग्रस कलेक्सनलाई उत्साहजनक रहेको टिप्पणी गरिएको छ।

भारतीय फिल्म निर्माता सुवास कालेले यसलाई परीक्षणका रुपमा व्याख्या गरेका छन्।

'यो फिल्मलाई भारतमा रिलिज गर्नु एउटा प्रयोग थियो। पोजेटिभ रिपोर्टले हामीलाई असाध्यै खुसी तुल्याएको छ। हिजो र आज चेन्नईजस्तो शहरमा नेपाली भर्सन हाउसफुल चल्नु अर्को अचम्मको विषय बनेको छ। वर्ड अफ माउथ अत्यन्त सकारात्मक छ। हामीले हलमा दर्शकहरुले ताली बजाइरहेको र सिठी फुकिरहेको भिडियो क्लिप पाइरहेका छौं,' उनलाई उदृत गर्दै बलिउड हंगामाले जनाएको छ।

प्रदीप खड्का र क्रिष्टिना गुरुङको लिड रहेको फिल्ममा शिव श्रेष्ठ, माउत्से गुरुङ, सुनिल थापा र मनिष राउत प्रमुख भूमिकामा छन्। सन्तोष सेन र स्वर्गीय छेतेन गुरुङले फिल्मको निर्देशन गरेका हुन्। मनदीष गौतमसहित छेतेनले फिल्मको कथा लेखेका हुन्।

प्रेम गीत तीनले अन्य मुलुकमा यस्तो कारोबार गरेको छ

संयुक्त राज्य अमेरिका – २४ लाख ३८ हजार

क्यानडा – १ लाख ३८ हजार

बेलायत – १ लाख ३८ हजार

अस्ट्रेलिया – ३० लाख २७ हजार



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell