PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

लखनउमा एक विद्यार्थीले प्रिन्सिपलमाथि चलाए गोली



पहिलोपोस्ट

लखनउमा एक विद्यार्थीले प्रिन्सिपलमाथि चलाए गोली
प्रतीकात्मक फोटो

भारतको लखनउमा गाली गरेको रिसमा कक्षा १२ का एक विदार्थीले कलेजका प्रिन्सिपलमाथि गोली प्रहार गरेका छन्। प्रिन्सिपल रामसिंह बर्मालाई शनिवार गोली प्रहार भएको हो। लखनाउको सीतापुरमा रहेको आदर्श इन्टर कलेजमा उक्त घटना भएको सदरपूर प्रहरी चौकीले जनाएको टाइम्स अफ इन्डियाले जनाएको छ।

गोली लागी घाइते भएका प्रिन्सिपललाई अस्पताल लगिएको छ। उनको पेटमा गोली लागेको अस्पतालले जनायो। पेटमा गोली लागे पनि भित्रको कुनै भागमा क्षति नपुगको बताइएको छ। गोली प्रहार गर्ने विद्यार्थीको नाम खुलाइएको छैन।

प्रहरीका अनुसार ती विद्यार्थीले शुक्रवार आफ्ना केही साथी लगेर अर्को समूहसँग झगडा गरेका थिए। झगडामा उत्रिएका दुबै समूहका नाइकेलाई प्रिन्सिपलले आफ्नो कार्यकक्षमा बोलाएर गाली गरेका थिए। त्यसको बदलामा ती विद्यार्थीले प्रिन्सिपल बर्मामाथि गोली प्रहार गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ।

गोली प्रहार गर्ने विद्यार्थी अहिले फरार रहेका छन्। शनिवार बिहान कक्षाकोठामा पुग्ने वित्तिकै ती विद्यार्थीले पहिलो राउन्ड हवाई फायर गरेको र दोस्रो राउन्ड प्रिन्सिपललाई प्रहार गरेका थिए। त्यसपछि अर्को गोली लोड गर्दा विद्यार्थीले उनलाई रोकेको बताइएको छ। त्यसपछि उनी कलेजबाट फरार भएका थिए। ती विद्यार्थीमाथि पहिले पनि अरु थप गुनासोहरु आएको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell