PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्रीपत्नी आरजुदेखि गृहमन्त्रीपत्नी मञ्जुसम्म, पुरुषतर्फ विमलेन्द्र निधि पहिलो नम्बरमा



पहिलोपोस्ट

कांग्रेसको समानुपातिक बन्दसूचीमा प्रधानमन्त्रीपत्नी आरजुदेखि गृहमन्त्रीपत्नी मञ्जुसम्म, पुरुषतर्फ विमलेन्द्र निधि पहिलो नम्बरमा

काठमाडौं : नेपाली कांग्रेसले निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूची अहिले मोबाइलमा व्यापक रुपमा सर्कुलर भइरहेको छ। असोज ३ गते पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले आयोगमा बुझाएको बन्दसूची भन्दै सूची मोबाइलमा सर्कुलर हुन थालेको हो।

उक्त सूचीमा प्रतिनिधिसभातर्फ पुरुषमा विमलेन्द्र निधि पहिलो नम्बरमा छन् भने महिलामा डा आरजु राणा देउवा पहिलो नम्बरमा छिन्। आरजु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी हुन्। गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम आरजुको लगत्तै राखिएको छ।

त्यसैगरी बन्दसूचीमा कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतको नाम पुरुषतर्फ चौथो नम्बरमा रहेको छ। पूर्व राष्ट्रपति डा रामवरण यादव*का छोरा चन्द्रमोहन यादवको नाम पुरुषतर्फ छैटौं नम्बरमा रहेको छ। प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारको नाम पनि बन्दसूचीमा परेको छ।

समानुपातिकमा शेखर पक्षको कमजोर उपस्थिति

नेपाली कांग्रेस संस्थापक इतर समूहका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन्।

संस्थापन इतर समूहले शनिवार एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन्। नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए। 'पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ', घिमिरेले भने।

कांग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताए। उनले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राखे। कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने बताए।

समानुपातिक सूचीमा रहेका १०९ नाममध्ये १३ जनामात्रै कोइाराला समूहबाट परेका छन्। कोइराला समूहले भने ४० प्रतिशतको माग गर्दै आएको छ। संस्थापन पक्षबाट समानुपातिक उम्मेदवारमा देउवासहित कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, निधि, वरिष्ठ नेता रामचन्द्र पौडेल, शशांक कोइरालासहितको कोटा समेटिएको बताइएको छ।

प्रतिनिधि सभातर्फ को को छन् सूचीमा?

विमलेन्द्र निधि

फरमुल्लाह मन्सुर

जीवन परियार

डा. प्रकाशशरण महत

आनन्दप्रसाद ढुंगाना

डा. चन्द्रमोहन यादव

अनिल रुगांटा

गोपालमान श्रेष्ठ

मदनकृष्ण श्रेष्ठ

टेकप्रसाद गुरुङ

मोहन राई

रोमी गौचन थकाली

कर्माछिरिङ शेर्पा

दिपक लामा

कमोड सुब्बा

सनत मुर्मु

जगतबहादुर तामाङ

देवीराम पुन

सन्दीप राना

केशरमान रोका

ललितसिंह बोहरा

टेकबहादुर नाम्जाली मगर

गोविन्द भट्टराई

बालकृष्ण पाण्डे

बसन्त भट्ट

राम भट्टराई

डिल्लीराज कार्की

भरतराज वाग्ले

केदारनरसिंह केसी

भीम थपलिया

दामोदर गौतम

किरण गिरी

सरोज थापा

खुमाप्रसाद अर्याल

कीर्तिबहादुर खड्का

जयपति रोकाय

हस्तबहादुर मल्ल

नरेशबहादुर सिंह

लोकराज अवस्थी

भरतबहादुर स्वाँर

जनकबहादुर बम

डा. सुरेशकुमार कनोडिया

रामचन्द्र कोइरी मौर्य

मुख्तबहादुर महतो

अब्दुल सतार

अलाद्दिन हुसेन

योगेन्द्र चौधरी

चमुनारायण तबदार

हरिकृष्ण घोस

खेम डगोरा चौधरी

जीवन राना

रामकुमारी चौधरी

राकेश सिंह

डा.आरजु राणा देउवा

मञ्जु खाँण

अम्बिका बस्नेत

प्रतिमा गौतम

रमा कोइराला पौडेल

सरस्वती अर्याल तिवारी

कान्तिका सैजुवाल

सरस्वती बजीमय

अञ्जनी श्रेष्ठ

लिला बोखिम

मिनाकुमारी लामा

सरु लामा

समिता खड्की

गंगा अवाल

सपना राजभण्डारी जोशी

रेनका काउचा मगर

तिर्थकुमारी गुरुङ

सरस्वती गुरुङ

मनोरमा शेरचन

लालकुमारी राना

सीताकुमारी राना

मधु जवेगु

मैना रावल कार्की

सुशीला भट्ट मिश्र

विद्यादेवी तिमल्सिना

रुक्मिणी घिमिरे

मधु शाही

अनिता ढुंगाना शाह

सुशीला उप्रेती

लक्ष्मी थापा

उमा दाहाल

किरण कोइराला

विमला योगी

कृष्णदेवी गिरी

हरिशरण नेपाली

विन विश्वकर्मा

गोविन्द परियार

मानवहादुर नेपाली

आशा विक

लोकबहादुर विश्वकर्मा

डम्बर सुनार

रुपा विक

शान्ति परियार

विष्णुमाया परियार

कोपिला विक

सिता मिजार

जावेदा खातुन जागा

कल्पना चौधरी

जस्मिन मण्डल

विनाकुमारी थनेत

नागिना यादव

मुख्ता यादव

 निनु कर्ण

मिनाक्षी झा

रेणु यादव

किरण शर्मा झा

* पूर्व राष्ट्रपति रामवरण यादव हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell