
चीनले थप दुई स्याटालाइट अन्तरिक्षामा पठाएको छ। आइतवार स्थानीय समयअनुसार बिहान ६:५५ मा सियान - १४ र सियान - १५ नाम गरेका दुई स्याटालाइट अन्तरिक्षामा पठाएको चिनियाँ समाचार अनलाइन सिन्ह्वाले जनाएको छ।
चीनको सान्छीस्थित साइयान स्याटालाइट सेन्टरबाट ती स्याटालाइट अन्तरिक्षमा पठाएको हो। सियान - १४ ले वैज्ञानिक परीक्षण गर्ने र सियान - १५ ले भु सर्वेक्षण गर्ने बताइएको छ। उक्त सेन्टरबाट पठाएको यो १८ औं उडान रहेको बताइएको छ।