PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा रिलिज नहुँदै 'प्रेमगीत ३' को हिन्दी भर्सन पाइरेसीमा



पहिलोपोस्ट

नेपालमा रिलिज नहुँदै 'प्रेमगीत ३' को हिन्दी भर्सन पाइरेसीमा

काठमाडौं : गत शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘प्रेम गीत ३’ को हिन्दी संस्करण लिक भएको छ। नेपालमा प्रदर्शन हुनु पूर्व नै यो फिल्म हिजोबाट भारतीय ‘अनएथिकल’ साइट ‘टेलिग्राम’ मा लिक भएको हो।

हल प्रिन्ट फिल्म लिक भएसँगै हिन्दी भर्सन स्काइ एक्स लगायतका मुभी एफहरूमा छ्यापछ्यापी भेट्न सकिन्छ। यसरी नेपालमा रिलिज हुनुअघि नै हिन्दी भर्सन लिक हुनाले व्यापारमा असर पर्ने देखिन्छ।

राम्रो कमाई थालेको ‘प्रेमगीत ३’ को हिन्दी भर्सन असोज १० बाट नेपालमा रिलिज हुँदैछ। स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको छ। फिल्ममा सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell