PahiloPost

May 26, 2025 | १३ जेठ २०८२

नागरिकता विधेयक प्रमाणीकरण विवाद : राष्ट्रपतिविरुद्ध परेका मुद्दा फुयालको इजलासमा



पहिलोपोस्ट

नागरिकता विधेयक प्रमाणीकरण विवाद : राष्ट्रपतिविरुद्ध परेका मुद्दा फुयालको इजलासमा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध संसदले पारित गरेर पठाएको नागरकितासम्बन्धी विधेयक प्रमाणीकरण नगरेको भन्दै परेका मुद्दाहरु न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा सुनुवाइ हुँदैछ। आइतवार यी मुद्दाहरुमा सुनुवाइ हुन लागेको सर्वोच्च अदालतले जनाएको छ। विभिन्न व्यक्तिहरुले दर्ता गरेको ५ वटा मुद्दाको सुनुवाइको लागि ८ औं नम्बरमा राखिएको छ।

भदौ २० गते सांसदले दोस्रोपटक पारित गरेर पठाएको विधेयक राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकारण गर्नैपर्ने संवैधानिक व्यवस्था भए पनि नागरिकता विधेयक प्रमाणीकरण भएन। पहिलोपटक संसदमा फिर्ता पठाएको विधेयक संसदले पुन राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाएको थियो। तर राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त विधेयक समय घर्किँदा पनि प्रमाणीकरण गरिनन्।

त्यसपछि राष्ट्रपतिले संविधान उल्लंघन गरेको भन्दै अधिवक्ताहरुले मुद्दा दर्ता गरेका हुन्। अधिवक्ता सुनिलरञ्जन सिंह, सागर बराल, डा.सुनिल रञ्जन सिंह, सुनिल कुमार यादव, देव शर्मा र सोनु रौनियारले दर्ता गरेको निवेदन एकसाथ पेशीमा चढेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell