PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

सरकारसँग प्रकाशमानको माग : डेंगी संक्रमण परीक्षण व्यवस्था वडास्तरमै मिलाउनुपर्‍यो



पहिलोपोस्ट

सरकारसँग प्रकाशमानको माग : डेंगी संक्रमण परीक्षण व्यवस्था वडास्तरमै मिलाउनुपर्‍यो

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वडास्तरमै डेंगी संक्रमण परीक्षणको व्यवस्था मिलाउनुपर्ने बताएका छन्। वडास्तरका क्लिनिकलाई सुविधा सम्पन्न बनाएर डेंगीको परीक्षण र प्रारम्भिक उपचारको व्यवस्था मिलाउनुपर्ने सिंहको भनाइ छ।

काठमाडौंको बानेश्वरस्थित रत्नराज्य स्कुलको विज्ञान प्रयोगशाला हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै आइतवार सिंहले सरकारले विशेष अभियान चलाएर वडामै डेंगी परीक्षण व्यवस्था मिलाउनुपर्ने बताएका हुन्। यसो हुन सके अस्पतालमा बिरामीको चाप पनि कम हुने उनको भनाइ छ।

जनताले राहत महसुस गर्ने गरी काम गर्नुपर्ने भन्दै उनले तत्कालै विशेष अभियान चलाउन सरकारको ध्यानाकर्षण गराए।

फरक प्रसंगमा नेता सिंहले मुलुकमा संकटको निकासका लागि अवसर पाउँदा नेपाली कांग्रेसले जिम्मेवारी बहन गर्दै आएको भन्दै कांग्रेसलाई अवसर दिने हो भने मात्रै राजनीतिक स्थायित्व आउने बताए। कार्यक्रममा रत्नराज्य स्कुलको सुविधा सम्पन्न विज्ञान प्रयोगशाला हस्तान्तरण गरिएको थियो। प्रदेश पूर्वाधार साझेदारी साझेदारी कार्यक्रम अन्तर्गत वाग्मती प्रदेशका पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठमार्फत् प्राप्त सहयोग रकमबाट विज्ञान प्रयोगशाला निर्माण गरिएको हो।

कार्यक्रममा मन्त्री श्रेष्ठले विद्यालयको क्षमता विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell