PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

१९ किलो चाँदी सहित एक भारतीय नागरिक पक्राउ



पहिलोपोस्ट

१९ किलो चाँदी सहित एक भारतीय नागरिक पक्राउ

जनकपुरधाम : १९ किलो चाँदी सहित एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ। धनुषाको जटही नाकाबाट भारतबाट नेपाल तर्फ चाँदी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँका ५० वर्षिय चन्द्रकान्त झालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल जटहीका प्रहरी नायब उपरीक्षक निर्मल खडकाले जानकारी दिए। जटही नाका भएर साइकलमा सवार भई शरिरमै चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा उनलाई पक्राउ गरिएको खडकाले बताए। बरामद गरिएको १९.४१७ केजी चाँदीको मूल्य १९ लाख ६४ हजार ३ सय ४० नेपाली रुपैयाँ रहेको उनले बताए। 

पक्राउ परेका सो भारतीय नागरिकको साथबाट एक थान साइकल, मोबाइल र घडि समेत बरामद गरिएको छ। चाँदी र पक्राउ परेका भारतीय नागरिकलाई भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell