PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

आलियाको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक सार्वजनिक



पहिलोपोस्ट

आलियाको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक सार्वजनिक

आलिया भट्टको डेब्यू हलिउड फिल्म ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सार्वजनिक भएको छ। फर्स्टलुक भिडियोबाट आलियाको लुक पनि बाहिरिएको छ। जसमा उनको एक्सन अवतार देख्न सकिन्छ।

नेटफ्लिक्स थ्रिलर यस फिल्मलाई टम हार्परले निर्देशन गरेका हुन्। फिल्ममा अभिनेत्री गल ग्याडोट र जेमी डोर्नन मुख्य भूमिकामा छन्।

आलियाले इन्स्टाग्राममा ‘हार्ट अफ स्टोन’को फर्स्ट लुक भिडियो सेयर गर्दै लेखेकी छिन्, ‘हार्ट अफ स्टोन र केइयाको फर्स्ट लुक।’ आलियाले भिडियो सेयर गरेसँगै आलियाका फ्यानहरूले बधाई तथा शुभकामना व्यक्त गरिरहेका छन्।

यो फिल्म सन् २०२३ मा ओटीटी प्लेटफर्म नेटफ्लिक्समा रिलिज हुनेछ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell