PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

निर्वाचनमा मन्त्री नै प्रचारमा जान नपाइने भन्नु बेठीक : प्रमुख राजनीतिक दल, के गर्ला आयोग?



पहिलोपोस्ट

निर्वाचनमा मन्त्री नै प्रचारमा जान नपाइने भन्नु बेठीक : प्रमुख राजनीतिक दल, के गर्ला आयोग?

काठमाडौं : प्रमुख राजनीतिक दलले निर्वाचन आयोगलाई मन्त्री नै आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने भन्ने कुरा व्यवहारिक नभएको सुझाव दिएका छन्। आइतवार दिउँसो आयोगको केन्द्रीय कार्यालयमा भएको छलफलमा दलका नेताहरुले निर्वाचन आचारसंहिताबारे सुझाव दिने क्रममा यस्तो राय पेश गरेका हुन्।

दलहरुले मन्त्री नै आफ्नो निर्वाचन क्षेत्रमा प्रचारमा जान नपाइने भन्ने कुरा व्यवहारिक नभएको सुझाव दिएको छलफलपछि नेकपा माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले बताए ।

'मन्त्रीले आफ्नो निर्वाचन क्षेत्रमा प्रचार गर्न जान पाइँदैन भन्ने व्यवहारिक हुँदैन,' आचारसंहितामाथिको विषयमा आफूले निर्वाचन आयोगलाई दिएको सुझावबारे उनले भने। त्यसैगरी मनोनयनमा २५ जनामात्र जान पाइने नियम पनि व्यवहारिक नभएको उनको तर्क रह्यो।

पोखरेलले मञ्च बनाएको खर्च ७ दिनभित्र दिनुपर्ने भन्ने पनि ठीक नभएको बताए। दलका नेताहरुले आचारसंहितामा सुझावसहित हस्ताक्षर गरेका छन्।

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेकपा एमालेका उपाध्यक्ष सुवाष नेम्वाङ र माओवादी केन्द्रबाट पोखरेललगायत सहभागी थिए।

आयोगका प्रवक्ता शालिग्राम पौडेलका अनुसार दलहरुबाट विभिन्न बुँदामा सहजीकरण गर्न सुझाव आएको छ।

'दलहरुले केही विषयमा सहजीकरण गर्नुपर्‍यो भनेका छन्। आवश्यकताअनुसार सहजीकरण गर्नुपर्ने भएमा समयसँगै हुन्छ भनेर प्रमुख आयुक्तले भन्नुभएको छ,' पौडेलले भने।

प्रधानमन्त्री देउवाले निर्वाचन आयोगलाई निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि शुभकामना दिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell