PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

'प्रेमगीत ३' ले दुई दिनमा कमायो १४ करोड ६ लाख रुपैयाँ



पहिलोपोस्ट

'प्रेमगीत ३' ले दुई दिनमा कमायो १४ करोड ६ लाख रुपैयाँ

‘प्रेमगीत ३’ को हिन्दी र नेपाली भर्सनले हालसम्म ८ करोड ७९ लाख भारतीय रुपैयाँ कलेक्सन गरेको छ। गत शुक्रवारदेखि रिलिज भएको यस फिल्मले विश्वभरबाट दुईदिनमा ८.७९ करोड भारु अर्थात १४ करोड ६ लाख नेपाली रुपैयाँको व्यापार गर्न सफल भएको हो।

फिल्मले सबैतिरबाट शुक्रवार  ४.८४ करोड भारतीय रुपैयाँ र शनिवमर ३.९५ करोड भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ।

त्यसैगरि, नेपाली संस्करणले घरेलु बक्सअफिसमा दुई दिनमा ४ करोड २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ। फिल्मले नेपालमा पहिलो दिन २.०५ करोड र दोस्रो दिन २.२० करोड कमाएको छ। 

भारतमा हिन्दी र नेपाली भर्सनबाट फिल्मले दुईदिनमा १ करोड ९५ लाख भारतीय रुपैयाँ ग्रस कलेक्सन गरेको छ। शुक्रवार १ करोड १२ लाख कमाउँदा र शनिवार ८३ लाख भारतीय रुपैयाँ संकलन फिल्मले गरेको छ।

भोलिदेखि यस फिल्मको हिन्दी संस्करण नेपालमा समेत प्रदर्शन हुँदैछ। स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशन रहेको फिल्ममा प्रदीप खड्का र क्रिस्टिना गुरुङका साथै सुनिल थापा, शिव श्रेष्ठ, माओत्से गुरुङ, पुस्कर कार्की, जीवन भट्टराई, लक्ष्मी बर्देवालगायतका कलाकारको अभिनय रहेको छ।

 

 

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell