PahiloPost

Apr 28, 2026 | १५ बैशाख २०८३

जनताले एमालेलाई नै जिताउँछ : केपी शर्मा ओली



पहिलोपोस्ट

जनताले एमालेलाई नै जिताउँछ : केपी शर्मा ओली

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर ४ गते हुने आम निर्वाचनलाई नेपाली जनताले आफ्नो भाग्य र देशको भविष्य बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।

आज झापाको दमकको आयोजित पार्टी प्रवेश कार्यक्रममा नले यसल निर्वाचनलाई लोकतन्त्र बचाउने र जनविरोधी तत्वलाई पराजित गर्ने अवसरका रूपमा लिन आग्रह गरेका हुन्। 

'आगामी निर्वाचनबाट जनविरोधी तत्व पराजित भए मात्र देशले समृद्धिको गति लिनेछ,' उनले भने। 

आफ्नै गृह क्षेत्रमा भएको सो कार्यक्रममा उनले निर्वाचनमा एमालेलाई किन भोट दिने भन्ने कुरा एमाले नेतृत्वको सरकारले गरेका कामबाट नै प्रमाणित भएको समेत दाबी गरे। निर्वाचनमा गम्भीर भएर देशको विकास र समृद्धिमा काम गर्न सक्ने, सक्षम नेतृत्व चुन्नुपर्ने खाँचो रहेको भन्दै उनले अब जनताले देश विकास र समृद्धिका लागि एमालेलाई जिताउने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell