PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

खानेपानी संस्थानको पाइप चोरी गरेको आरोपमा वडासदस्य सहित चारजना पक्राउ



पहिलोपोस्ट

खानेपानी संस्थानको पाइप चोरी गरेको आरोपमा वडासदस्य सहित चारजना पक्राउ

पोखरा : थाक खोला खानेपानी संस्थानको पाइप चोरी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले चार जनालाई पक्राउ गरेको छ।

असोज ५ मा कास्की मादी गाँउपालिका वडा नं.७ काउरेडाँडास्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइपहरू चोरी भएको सूचना पाएपछि वडा प्रहरी कार्यालय रामबजारबाट टोलि खटिएको थियो। टोलीले बिहिबार ग १ त ५१३७ नम्बरको ट्याक्टरमा लोड गरि मादी गाउँपालिका वडा नं.५ तर्फ ल्याउँदै उनीहरुलाई पक्राउ गरेको हो।

प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा कास्की मादी गाउँपालिका वडा नं.७ थाक बस्ने वर्ष ३५ को रमेश गुरुङ, वर्ष २६ का निरज तामाङ, पोखरा महानगरपालिका.वडा नं.१० बस्ने वर्ष ३४ को खरजंग गुरुङ र पोखरा महानगरपालिका वडा नं.१३ कसेरी बस्ने वर्ष २३ को रिदम भन्ने सुनिल परियार रहेका छन्।

कास्की प्रहरीका प्रवक्ता सुन्दर तिवारीका अनुसार पक्राउ परेकामध्ये खरजंग गुरुङ मादी गाउँपालिका-१ का वडासदस्य पनि हुन्। नेपाली कांग्रेसबाट उम्मेदवारी दिएका खरजंग ७७० मत ल्याउँदै जनप्रतिनिधिमा चुनिएका थिए। प्रहरी कार्यालयका अनुसार आरोपितलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा शुक्रबार ६ दिन म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell