PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

गाउँपालिका अध्यक्षको गाडी गाउँलेले जलाए, द्विपक्षीय झडपपछि सखुवा प्रसौनीमा तनाव



राधेश्याम पटेल

गाउँपालिका अध्यक्षको गाडी गाउँलेले जलाए, द्विपक्षीय झडपपछि सखुवा प्रसौनीमा तनाव

वीरगंजः पर्साको सखुवा प्रसौनी गाउँपालिकामा झडप भएको छ। गाउँपालिका अध्यक्ष यसवन्त यादव उनका भाई बलवन्त यादव तथा सोही पालिका ५ बलुवा निवासी बुलेट गिरी पक्षाबीच भएको झडपमा कम्तिमा ६ जना घाइते भएको प्रहरीले जनाएको छ। घटना राति ८ बजे भएको हो।

गिरीले गाउँपालिका उपाध्यक्षको कार्यक्षमा छलफल गरिरहेका अध्यक्ष जसवन्त र भाई बलवन्तलाई बाहिर बोलाई हातपात गरेपछि विवाद भएको हो।

अध्यक्ष नेकपा (एमाले) का हुन भने गिरी जसपाका कार्यकर्ता हुन्।

झडपपछि जसपाका कार्यकर्ता र गिरीका आफन्त मिलेर गाउँपालिका अध्यक्षको गाडीमा आगजनी गरेका थिए। अध्यक्ष चढ्ने सरकारी स्कार्पियो र भाइ बलवन्त चढ्ने ना २ च ८६६ नम्बरका दुई गाडी जलाइएका छन्।

गाउँपालिकामा भएको झडप प्रहरी पुगेपछि सुल्झिए पनि अध्यक्ष यादव पुनः आफ्ना समर्थकसहित बलुवा गाउँमा पुगेपछि त्यहाँ पनि झडप भएको थियो।

आगजनी गर्ने समूहका तीन जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। गाउँपालिकामा अहिले प्रहरी परिचालन गरिएको र अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell