PahiloPost

Jun 16, 2026 | २ असार २०८३

प्रेमगीत - ३ हेरेपछि प्रचण्डको प्रतिक्रिया : फिल्म मसलेदार रहेछ



रासस

प्रेमगीत - ३ हेरेपछि प्रचण्डको प्रतिक्रिया : फिल्म मसलेदार रहेछ

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली चलचित्र जगत्मा ‘प्रेमगीत ३’ ले नयाँ आयाम थपेको बताएका छन्।

आइतवार साँझ नारायणगढको इन्द्रदेव चलचित्र भवनमा ‘प्रेमगीत ३’ चलचित्र हेरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै प्रचण्ढले चलचित्र हेर्न लायक बनेको बताए। उनले चलचित्रमा कलाकारले आआफ्नो जिम्मेवारी र भूमिका राम्रोसँग प्रस्तुत गरेको बताए। 'सन्देशको दृष्टिकोणले म यत्ति भन्न चाहन्छु यो मसलेदार फिल्म छ', प्रचण्डले भने।

नेपालीले बनाएको यो चलचित्र सबैतिर प्रचार भएको उल्लेख गर्दै यसले नेपाली चलचित्र क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell