PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

दशैं शुरु भएसँगै सुध्रिँदै मौसम, यस्तो छ दिनभरको मौसम पूर्वानुमान



पहिलोपोस्ट

दशैं शुरु भएसँगै सुध्रिँदै मौसम, यस्तो छ दिनभरको मौसम पूर्वानुमान

काठमाडौं : दशैं शुरु भएसँगै मौसममा सुधार देखिन थालेको छ। हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनायो।

हाल प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। प्रदेश नं १ का थोरै स्थानहरुमा तथा बाँकी प्रदेशहरूका एक-दुई स्थानहरुमा हल्का वर्षा भइरहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनायो। 'प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ,' महाशाखाको बुलेटिनमा भनिएको छ। 

राती प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यता सफा रहनेछ। प्रदेश १ र मधेश प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell