PahiloPost

Dec 6, 2022 | २० मंसिर २०७९

‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया र शैलेसलाई



पहिलोपोस्ट

‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया र शैलेसलाई

काठमाडौं : सौन्दर्य प्रतियोगिता ‘नेक्स्ट सुपर मोडल २०२२’को उपाधि रविया नगरकोटी र शैलेस मगरले जितेका छन्। ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित प्रतियोगितामा उनीहरुले क्रमशः महिला र पुरुष विधाको उपाधि हात पारेका हुन्।

उनीहरुले पुरस्कार स्वरुप एक/एक लाख रुपैयाँ बराबरको सेवा सुविधा पाएका छन्। प्रतियोगितामा साक्षी बास्तोला र सञ्जय पुरी ‘फस्ट रनर अप’ हुँदै २५ हजार बराबरको पुरस्कार जिते।

त्यस्तै, पुरुषतर्फको अन्य टाइटलअन्तर्गत आयुष मिश्र ‘मस्ट पपुलर’, श्याम गुरुङ ‘पब्लिक च्वाईस’, अर्विन नेपाल ‘बेस्ट ड्रेस’, सञ्जय पुरी ‘बेस्ट वाक’ र शैलेस मगर ‘फोटोजेनिक’को उपाधि जित्न सफल भए।

महिलातर्फ रविया नगरकोटी ‘मस्ट पपुलर’, मलिना राना ‘पब्लिक च्वाईस’, साक्षी वास्तोला ‘बेस्ट ड्रेस’, रविया नगरकोटी ‘बेस्ट वाक’ र नम्रता शाही ठकुरी ‘फोटोजेनिक’ भए।

रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतियोगितामा दीपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार, र दिक्पाल कार्की निर्णायक रहेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell