PahiloPost

Jun 14, 2025 | ३२ जेठ २०८२

स्वतन्त्रले झैं पार्टीभित्र पनि युवाहरुले धक्का दिनुपर्छ : सभामुख सापकोटा



पहिलोपोस्ट

स्वतन्त्रले झैं पार्टीभित्र पनि युवाहरुले धक्का दिनुपर्छ : सभामुख सापकोटा

काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले पार्टीभित्र युवाहरुले धक्का दिनुपर्ने बताएका छन्। काठमाडौं ठमेलमा सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले आयोजना गरेको गन्तव्य जुगल कार्यक्रम विमोचन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन्।

स्वतन्त्र उम्मेदवारहरु एक्सनमा गइरहेको र धक्का दिइरहेकोले पार्टीभित्र पनि युवहरुले धक्का दिनुपर्ने उनको भनाई थियो। 'हामी एक्सनमा जानुपर्छ। एक, दुई, तीन भनेर। युवाहरुले धक्का दिनुपर्छ। स्वतन्त्रले पनि गरिरहेका छन् त्यो ठीकै छ। पार्टीभित्र युवाले धक्कामुलक तरिकाले अघि बढ्नुपर्छ,' सभामुख सापकोटाले भने।

उनले विकासको आधार नै पर्यटन भएकोले प्रचारमा लाग्नुपर्ने बताए। ‍



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell