PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

नेपाली बास्केटबल टोली माल्दिभ्ससँग पराजित



पहिलोपोस्ट

नेपाली बास्केटबल टोली माल्दिभ्ससँग पराजित
तस्बीर: स्क्रिनसर्ट नेपाल बास्केटबल

काठमाडौं: साबा महिला बास्केटबल च्याम्पियनसिपमा नेपाल माल्दिभ्ससँग पराजित भएको छ।

माल्दिभ्सको मालेमा गए राति भएको उद्घाटन खेलमा घरेलु टोली माल्दिभ्ससँग नेपाल ५१–४७ ले पराजित भएको हो। अघिल्लो संस्करणको खेलमा भने नेपालले माल्दिभ्सलाई ७७–३६ ले हराएको थियो।

प्रतियोगितामा आयोजक माल्दिभ्ससहित नेपाल, श्रीलङ्का र भुटान सहभगी छन्। नेपालले आफ्नो दोस्रो खेल यही असोज ११ गते श्रीलङ्कासँग खेल्नेछ। त्यस्तै राउन्ड रोविनको अन्तिम खेलमा नेपालले भुटानसँग यही असोज १२ गते खेल्नेछ।

सदिना श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीको प्रशिक्षकमा विकास शाही र व्यवस्थापकमा निरञ्जन सत्याल छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell